Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनले मन्त्री किराँतीको राजीनामा माग्दै विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो। र्‍याली गौशालाबाट मध्यबानेश्वरसम्म निकालिएको थियो।

मन्त्री किराँतीले केही दिनअघि इसाई धर्म नमान्नेहरु देशद्रोही भएको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भइरहेको छ। प्रदर्शनमा सहभागीहरुले ‘विभेदकारी मन्त्री किराँती’लाई कारबाही गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया