Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड अभिनेता अरबाज खानले विवाह गरेका छन् । उनले आइतबार प्रेमिका शुरा खानसँग विवाह गरेका हुन्। अरबाजले आइतबार उनकी बहिनी अर्पिताको घरमा विवाह गरेका हुन् । उनीहरूको विवाह समारोहमा नजिकका साथीभाइ र आफन्त मात्रै सहभागी थिए।

५६ वर्षीय अभिनेता अरबाजले दोस्रो पटक विवाह गरेका हुन्। यसअघि उनले अभिनेत्री तथा मोडल मलाइका अरोरासँग विवाह गरेका थिए। उनीहरूको ६ वर्षअघि डिभोर्स भएको थियो। विवाह समारोहमा अरबाज र मलाइकाका छोरा अरहान खान पनि सहभागी भएका थिए। अरहान आमासँग बस्दै आएका छन्। शुरा मेकअप आर्टिस्ट हुन्। ‘पटना शुक्ला’ को छायांकन सेटमा उनीहरूको पहिलो भेट भएको थियो।

 

तपाईको प्रतिक्रिया