Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सिन्धुलीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बाप्र ०१–००६ ख ४५९३ नम्बरको बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नगरपालिका–२ का कुमार राई र खोटाङको दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको हो ।

कुमारको स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै र मुनाकलाको घटनास्थलमै मृत्यु भएको सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए । दुर्घटनामा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका थिए । मन्थली नगरपालिका– १३ फुलासीका २४ वर्षीय बसचालक रूपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया