Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बाघको आक्रमणमा परी पर्सामा एक जनाको ज्यान गएको छ। पटेर्वासुगौली गाउँपालिका-२ थरकटी गाउँका ३० वर्षीय मनोज महतो उराँवको बाघको आक्रमणबाट गएराति मृत्यु भएको हो। शौच गर्न घर नजिकैको जङ्गल छेउतिर निस्केका उनलाई बाघले आक्रमण गरेको थियो।

अबेरसम्म घर नफर्केपछि  स्थानीय बासिन्दाले खोजतलास गरेका थिए। गाउँदेखि २०० मिटरको दूरीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनास्थल अवलोकन गर्दा बाघको आक्रमणबाटै उनको मृत्यु भएको जस्तो देखिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक राजाराम केशरीले बताए।

तपाईको प्रतिक्रिया