Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन फुकुवा भएको छ। आइतबार संसद् सचिवालयले कोइरीको निलम्बन फुकुवा गरेको हो ।

गत वैशाख १९ गते कोइरीलाई प्रतिनिधि सभा सांसदबाट निलम्बन गरिएको थियो। कर्तव्य ज्यानलगायत मुद्दामाथि कोइरीलाई महोत्तरी जिल्ला अदालतले सफाइ दिएपछि सभामुख देवराज घिमिरेले सांसद पद निलम्बन फुकुवा गरेका हुन्।

संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले विज्ञप्ति जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया