Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कपिलवस्तुको वाणगंगामा गाई काटेर मासु भाग लगाउँदै गरेका ३ जना पक्राउ परेका छन् । वाणगंगा वडा नं १० भावपुर बस्ने वर्ष २० को सुरज बिकको घरमा गाईको मासु काटेर भाग लगाउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सुरज विक, बुद्धुभुमी नगरपालिका वाड नम्बर ८ हरिहरपुरका बर्साती थारु र रुपन्देही कन्चन ५ का श्रीधर टमाटा रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । उनीहरूको साथबाट १ क्विन्टल गाईको मासु पनि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक रायमाझीले बताए ।

तपाईको प्रतिक्रिया