Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन तस्करी प्रकरणमा नयाँ तथ्य फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा गठित छानबिन समितिले एउटै समूहले १३८ किलो सुन ल्याएको निष्कर्ष निकालेको हो ।

समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेलाई आइतबार बुझाएको प्रतिवेदनमा १३८ किलोमध्ये चन्द्रबहादुर घलेले ल्याएको १४ किलो सुन मात्र बरामद भएको उल्लेख छ । ’मीनबहादुर घले, चन्द्रबहादुर घले र कृष्णकुमार श्रेष्ठले १३८ केजी सुन ल्याएर विमानस्थलमा सेटिङ मिलाएर बाहिर ल्याउने गरेको’ समितिको प्रतिवेदनमा जनाइएको छ ।

दुबईबाट सुन पठाउने काम अंकित अग्रवाल नाम गरेका व्यक्तिले गर्दै आएको र विमानस्थलमा सेटिङको जिम्मा डीबी भनिने दानबहादुर गुरुङले लिएको पनि प्रतिवेदनमा उल्लेख छ । छानबिन समितिमा प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य थिए ।

गत मंसिर २१ गते राति फ्लाई दुबईको विमान हुँदै आएका चन्द्रबहादुर घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया