Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतो चढ्ने सरकारी गाडीमा गएराति आगजनी भएको छ। गौशाला- १ रामनगरस्थित आफ्नै घर अगाडि पार्किङ गरेर राखिएको अवस्थामा महतो चढ्ने प्र-२-००२-०००१ झ ०००५ नम्बरको बोलेरो गाडीमा गएराति आगजानी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप गिरीले जानकारी दिए।

गौशाला नगरपालिका-१ रामनगर स्थित उपमेयरको घरमा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर आगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुन बाटा जोगिएको हो ।

उपमेयर महतोले अज्ञात व्यक्तिले पेट्रोल छर्केर आगजनी गरेको बताइन् । उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ । थप अनुसन्धान भइरहेको उपमेयर महतोले बताइन्।

तपाईको प्रतिक्रिया