Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चर्चित मोटिभेसनल स्पिकर तथा युट्युबर विवेक बिन्द्राविरुद्ध श्रीमतीमाथि कुटपिट गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ। बिहेको भोलिपल्टै श्रीमतीमाथि कुटपिट गरेर घाइते बनाएको विषयमा प्रहरीमा एफआइआर दर्ता भएको हो । पीडित महिलाका भाइको उजुरीका आधारमा एफआईआर दर्ता गरिएको नोएडा प्रहरीले जनाएको छ ।

श्रीमतीसँगको झगडाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।यी भिडियोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले हालसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन । एफआईआर दर्ता भएको धारा अन्तर्गत गिरफ्तारी आवश्यक भएमा पनि पक्राउ गरिनेछ। घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानका आधारमा थप कारबाही गरिने प्रहरीले जनाएको छ ।

विवेक बिन्द्राले यही ६ डिसेम्बरमा विवाह गरेका थिए । श्रीमतीमाथि कुटपिटको यो घटना डिसेम्बर ७ तारिखको भएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया