Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाण्डाै – नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने गरेको आरोपमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भई अहिले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ‘सिटी टुर्स एन्ड ट्राभल्स’ का सञ्चालक विनोद कार्की रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

भिजिट भिसामा विदेश जान लागेका युवायुवतीको शङ्कास्पद कागजातसहित एक हजार पाँच सय १३ थान राहदानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकामा तीमध्ये दुई सय ४६ वटाका कागजात नक्कली पाइएकोले कार्कीलाई पक्राउ गरेको उहाँले बताउनुभयो । ती व्यक्तिहरूको कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएको छ ।

नक्कली कागजातमा मानिस विदेश पठाउनका लागि एजेन्ट, कन्सल्टेन्सी तथा ट्राभल्स एजेन्सीले एअरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म दिएर मिलाई विदेश पठाउने गरेकाे खुल्न आएको एसपी रेग्मीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया