Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो ।

गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमा व्यस्त थिए । भान्सामा चिया र नास्ता पाक्दै थियो । सबैलाई चिया-नास्ता गरेर मात्रै जान आग्रह गर्दै थिए मकरबहादुर ।

मकरबहादुरले यसपालि १६८ मुरी धान उब्जाएका थिए । सोही कारण त्यस दिन उनलाई स्थानीय सरकारले ५० हजार रूपैयाँसहित सम्मान गरेको थियो । सम्मान कार्यक्रममा उपस्थित सबैले ५६ वर्षीय मकरबहादुर र उनकी ६० वर्षीय श्रीमती टीकामायाको मेहनतको प्रशंसा गरिररहेका थिए ।

फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार र सय मुरीभन्दा बढी धान फलाउने किसानलाई ५० हजार रूपैयाँ पुरस्का दिने घोषणा गरेको थियो । सोही घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुग्नुभएको पुगेका थिए । उनले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा जानकारी गराए । त्यसपछि नै उनको घरमा उनले उत्पादन गरेको धान हेर्न र भर्न जनप्रतिनिधि र कर्मचारी मकरबहादुरको खलामा पुगेका थिए ।

धान भर्दा मकरबहादुरले भनेबमोजिम १६८ मुरी पुगेपछि जनप्रतिनिधिले खुशी हुँदै उनको प्रशंसा गरे । मकरबहादुरले आफूले त्यति धान फलाउन गरेको मेहनतको फेहरिस्त सुनाउँदै गए । उनको दम्पतीले यसपालि फाल्गुनन्द-७ को सिस्ने, काब्रेती, घरमुनी, करमबोटे र खोल्साइले गरी पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए ।

उक्त बीउबाट फलेकोमध्ये ३० मुरी धान उहाँले यसअघि नै बिक्री गरिसकेको बताए । त्यसैले उनले फलाएको धान एक सय ६८ मुरी मात्र गणना भयो । गत मङ्सिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको आफूले थाहा पाएको मकरबहादुरले बताए ।

फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ । त्यतिका धान मकरबहादुरले आफ्नै खेतमा फलाएका भने होइनन् । आफ्नै दुई रोपनी र अन्य खेत अधियाँमा लिएर धान खेती गरेका हुन् ।

फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा आफैंले खेती लगाउने गरेको मकरबहादुरले बताए । ‘वडाध्यक्षले खबर गरेपछि गत मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ,’ मकरबहादुरले भने ।

विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उनको भनाइ छ । ‘विसं २०५६ मा म सगोलको परिवारबाट छुट्टिँदा निकै दुःख पाएँ, दुई पाथी धान लुका एँ। त्यतिबेला मेरो पाँचजनाको परिवार थियो,’ उनले भने, ‘मेरो नाममा दुई रोपनी जग्गा छ । यसको उब्जनीले नपुगेपछि पाँचजनाको जग्गामा खेती गर्दै आएका छौँ । ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन ।’

मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिएका हुन् । उनले मकैका लागि पाखो बारी अधियाँमा लिएका छन् । किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले धानका खलाखलामै कर्मचारीलाई बोलाएका थिए । तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गरे । ‘धान जम्मा गर्न सात हजार खर्च भयो । धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन्,’ उनले भने ।

बम्जन दम्पतीका तीन छोरा झापाको दमकमा बसोबास गर्छन् भने तीन छोरी विवाह गरेर गइसकेका छन् । तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहेका छन् । ‘दुःख नभई सुख हुँदैन रहेछ। साथीभाइले मैले भनेको टार्दैनन्, नाइँ भन्दैनन्,’ मकरबहादुरले भने ।

विसं २०६० देखि धान खेती गरेको उनले बताए । उनका अनुसार पाखा खेतमा पानीको समस्या भए पनि निबु खोलाको बेँसीमा समस्या छैन । गाउँपालिकाले रु ५० हजार पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने मकरबहादुरको योजना छ । ‘गाउँपालिकाले दिएको रकमले एउटा माउ भैँसी किन्ने योजना छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया