Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानले आफ्नो शान्तिवादी नीतिबाट पछि हट्दै हतियार निर्यात नियम परिवर्तन गरेर अमेरिकालाई प्याट्रियट एयर डिफेन्स मिसाइल पठाउने बताएको छ । जापानको यो कदमलाई ह्वाइट हाउसले स्वागत गरेको छ ।

जापानबाट यी मिसाइलहरू प्राप्त गरेपछि अमेरिकाले अब आफ्नो भण्डारबाट युक्रेनमा थप हतियार पठाउन सक्ने बताइएको छ । रुस र युक्रेनबिच चलिरहेको युद्धमा पश्चिमी देशहरूले हतियारको अभाव झेलिरहेका छन् । प्याट्रियट मिसाइल अमेरिकाले युक्रेनमा पठाएको सबैभन्दा अत्याधुनिक हतियार हो ।

हालसम्म, जापानले उत्पादन अनुमतिपत्र जारी भएका देशहरूलाई इजाजतपत्र प्राप्त उपकरणका कम्पोनेन्टहरू मात्र आपूर्ति गर्दै आएको थियो । तर नयाँ नियम अनुसार जापानले अब त्यहाँबाट पनि तयारी सामान पठाउन सक्नेछ । जापानमा, पैट्रियट मिसाइलहरू अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिन र आरटीएक्सको इजाजतपत्र अन्तर्गत मित्सुबिशी हेभी इंडस्ट्रीजद्वारा निर्माण गरिन्छ ।

जापानी सरकारले शुक्रबार परिवर्तनको घोषणा गरेको केही समयपछि परराष्ट्र मन्त्रालयले ‘जापान-अमेरिकी गठबन्धनलाई अझ बलियो बनाउन’ अमेरिकामा प्याट्रियट मिसाइलहरू पठाउने बताएको थियो । विज्ञप्तिमा यी मिसाइलहरू अमेरिकालाई मात्र दिन सकिने बताइएको छ ।

कुनै पनि तेस्रो देशमा पठाउनु अघि जापानको स्वीकृति आवश्यक हुनेछ । जापानमा युद्धग्रस्त देशहरूमा हतियार निर्यात गर्न अझै प्रतिबन्ध छ । यसको मतलब जापानमा बनेको प्याट्रियट मिसाइलले युक्रेनमा हतियार पठाउँदा अमेरिकाको हतियार भण्डारमा आएको कमीलाई पूर्ति गर्न सक्छ ।

तपाईको प्रतिक्रिया