Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपील गरेका छन्। शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै उनले मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउने प्रयास गर्न आग्रह गरेका हुन्।

मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउने उनको भनाई छ। ‘मस्तिष्क मृत्युपछि अंगदान गर्नेसम्बन्धी विषयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको प्रयास सराहनीय छ। मस्तिष्क मृत्युपछि अंगदान गर्न आम सर्वसाधारण हिचकिचाइरहेको देखिन्छ। म स्वयंले पनि अंगदान गर्ने घोषणा यसअघि नै गरेको छु।’प्रचण्डले भने,‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु–मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपील गर्दछु।

उनले सम्मेलनका सुझाव र निष्कर्षअनुसार उनले सुधारका निम्ति नेपाल सरकार प्रतिबद्ध रहेको बताए। ‘मानव अंग प्रत्यारोपणका विज्ञ एकै ठाउँ भेला भएर प्रत्यारोपण सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान एवं प्रत्यारोपणका क्षेत्रमा देखिएका चुनौतीहरू सम्बोधनका दृष्टिले यो सम्मेलन समग्र देशको स्वास्थ्य सेवाका दृष्टिले समेत दूरगामी महत्वको छ। यसका निम्ति नेपाल सरकारको तर्फबाट खुसी व्यक्त गर्दै सबै विद्धान् चिकित्सकहरूमा अभिवादन व्यक्त गर्दछु।’उनले भने,‘सामूहिक छलफल र अन्तरक्रियाका आधारमा सम्मेलनले दिने सुझाव र निकाल्ने निष्कर्ष स्वास्थ्य सेवामा गुणात्मक रूपान्तरणका निम्ति महत्वपूर्ण हुनेछ। तसर्थ, सम्मेलनका सुझाव र निष्कर्षअनुसार यस क्षेत्रमा गर्नुपर्ने सुधारका निम्ति नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी गराउँछु।’

उनले दोस्रो प्रधानमन्त्रीत्वकालमा नै राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेकोले आफ्नो यो कार्यकालमा यससम्बन्धी बाँकी काम टुंगोमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए।

 

तपाईको प्रतिक्रिया