Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित अनुशासन इन्चार्ज (डीआई) नराख्न र राखेको भए हटाउन उर्दी जारी गरेको छ । शुक्रबार शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार विद्यालयमा राखिएका अनुशासन इन्चार्जले भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेको समेत गुनासो प्राप्त भएसँगै महानगरले यस्तो निर्णय गरेको हो ।

‘महानगरभित्र सञ्चालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्ता व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्नू–नगराउनु हुन सम्बन्धित सवैलाई सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

 

तपाईको प्रतिक्रिया