Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बुधबारदेखि फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा केही व्यक्तिले प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ शेयर भइरहेको छ । भिडिओमा चार जनाले एक प्रहरीको कठालो समातेको देख्न सकिन्छ ।

भिडिओ भाइरल भएपछि ती प्रहरी को होलान्, उनीमाथि किन दुर्व्यवहार भएको होला, दुर्व्यवहार गर्ने को हुन्, उनीहरूमाथि कारबाही भयो कि भएन भन्ने विषयमा थुप्रै प्रश्न प्रश्नहरू उठेका छन् ।

यसबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले केही विवरण जानकारी दिएको छ । सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक प्रकाश डाँगीका अनुसार भिडिओमा देखिएका प्रहरी हवलदार विष्णु भुल हुन् । उनी प्रहरी चौकी डोकेबजारमा कार्यरत छन् ।

मङ्गलवार प्रहरी हवलदार भुल आफ्नो व्यक्तिगत कामले कञ्चनपुर पारी नेपाल–भारत सीमाको बजार गौरिफन्टा गएका थिए । त्यही क्रममा स्थानीयसँग व्यक्तिगत कुरामा विवाद हुँदा उनीमाथि दुर्व्यवहार भएको थियो ।

‘भारतीय भूमि भएकाले हामीले भारतीय प्रहरीलाई सम्पर्क गरेका छौँ, डाँगीले भने, ‘एक जनालाई नियन्त्रणमा लिइएको छ । भारतीय भूमिमा दुर्व्यवहारको घटना भएकाले भारतको कानून अनुसार उनीहरूलाई कारबाही हुन्छ ।’

भिडिओमा जति दुर्व्यवहार भएको देखिएको छ, वास्तविकतामा पनि त्यति नै भएको र प्रहरी हवलदार भुललाई कुनै चोटपटक नलागेको डाँगीले बताए । ‘सामान्य तानातान मात्र भएको हो । त्यसैले उहाँले केही भन्नु भएन । भिडिओ भाइरल भएपछि हामीकहाँ जानकारी आयो । हामीले भारतीय प्रहरीलाई फोन गरेर कानूनी प्रक्रिया अगाडि बढाएका छौँ,’ डाँगीले भने ।

तपाईको प्रतिक्रिया