Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा एपीएफले मधेश प्रदेशमाथि १० विकेटको सानदार जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा मधेशले दिएको ४१ रनको सामान्य लक्ष्य एपीएफले ६ ओभरमा बिना कुनै क्षति पूरा गर्यो । एपीएफका सीता राना मगर १९ र ज्योति पाण्डे १६ रनमा नट आउट रहे । यसअघि पहिला ब्याटिङ गरेको मधेशका खेलाडी एपीएफका बलरसामु निरिह सावति भएका थिए । मधेशले १९.२ ओभरमा अल आउट हुनु अघि ४० रन मात्र बनाएको थियो । मधेशका लागि सबैभन्दा धेरै प्रतिमा साहले १५ रन बनाइन् ।

बलिङतर्फ एपीएफकी कप्तान सिता राना गमरले २.२ ओभर बलिङ् गर्दै मात्र २ रन दिएर ३ विकेट लिइन् । यस्तै रेखा रावलले ४ ओभरमा ४ रन दिँदै २ तथा सुमन विष्टले ३ ओभरमा ४ रन दिँदै २ विकेट नै लिइन् ।आफ्नो पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको एपीएफको यो लगातार दोस्रो जित हो । मधेश भने पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो ।

 

तपाईको प्रतिक्रिया