Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024

काठमाडौं – नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगर-१० घर भई काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय बुद्ध लामा र हुम्ला घर भई कपन बस्ने २६ वर्षीय कमलराज हमाल छन् ।

बुद्ध एड्भिका टुर्स एण्ड ट्राभल्सका संचालक समेत हुन् । उनीसहित व्यक्तिहरूले विभिन्न ठाउँमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाउने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ  । असोज १७ गते देखि प्रहरीले १५१३ वटा शंकास्पद कागजातहरू बरामद भएका छन् । जसमध्ये २४६ कागजात नक्कली प्लस २ का सर्टिफिकेट, श्रम स्वीकृती, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट लगायतहरू छन् ।

यसरी विदेश पठाएबापत ट्राभल्स एजेन्सीहरूले एयरलाइन्लाई १० देखि १५ हजार रुपैयाँ सम्म र अध्यागमनका अधिकारीलाई ४० देखि ५५ हजार सम्म सेटिङ मिलाउने गरेको पाइएको हो ।

तपाईको प्रतिक्रिया