Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

काठमाडौँ – हमासले युद्ध समाप्त नभएसम्म बन्धकहरूलाई रिहा नगर्ने बताएको छ । इजरायलले गाजामा पूर्णरुपमा आक्रमण अन्त्य नगरेसम्म बाँकी रहेका बन्धक रिहा गर्न हमासले अस्विकार गरेको हो । गत ७ अक्टोबरमा हमासले इजरायलबाट अपहरण गरेका अझै १ सय २० जना उसको नियन्त्रणमा रहेको इजरायलको दाबी छ । हमासले विज्ञप्ती जारी गर्दै आक्रमण रोक्ने सहमति भएपछि मात्रै बन्दी आदानप्रदानबारे सम्झौता हुन सक्ने स्पष्ट पारेको हो । विश्व शक्ति राष्ट्रले हमासलाई बन्दी रिहाको लागि दबाब दिइरहेका छन् ।

इजरायलको लगातारको आक्रमणले गाजा क्षेत्रमा मानवीय संकट चुलिदै गएपछि इजिप्टको कायरोमा नयाँ युद्धविरामका लागि वार्ता भइरहेको छ । यद्यपी वार्तामा अहिलेसम्म सहमति जुट्न सकेको छैन । पहिलो चरणमा भएको युद्धविरामपछि इजरायलले बन्धक बनाएका सय भन्दा बढीलाई मुक्त गरेको थियो भने हमासले थोरै संख्यामा बन्दी रिहा गरेको थियो । युद्धविरामका सम्झौता पालना नगरेको भन्दै आक्रोशित भएको इजरायले त्यसयता लगातार आक्रमण बढाएको छ ।

इजरायलको आक्रमणबाट पछिल्लो समय २ हजारभन्दा बढी हमास लडाकुको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया