Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – यसै हप्ताको सोमबार अन्डरवर्ल्ड गुन्डा नाइके दाउद इब्राहिम विष दिइएका कारण अस्पताल भर्ना भएको खबर एकाएक बाहिरियो । उनको अवस्था गम्भीर बनेको र कतिपय भारतीय सञ्चारमाध्यममा त उनको मृत्यु नै भएको खबरसमेत आयो ।

भारतका दर्जनौँ मिडियाले उनी विषका कारण अस्पताल भर्ना भएको र उनको मृत्यु भएको खबरबारे समाचार बनाएपछि विश्वभर यो घटनाले तरंग ल्यायो । यद्यपि भारतीय सञ्चारमाध्यमहरूले नै यतिबेला दाउदलाई विष खुवाइएको र उनको मृत्यु भएको खबर झुटो हो भनेर समाचार प्रकाशित गरेका छन् । यसअघि पाकिस्तानका कार्यकारी प्रधानमन्त्री अनवार उल अक काकरलाई उद्धृत गर्दै सबैले दाउदको मृत्यु भएको समाचार प्रकाशित गरेका थिए ।

अनवारको ट्विटरबाट दाउदको मृत्यु भएको खबर पोस्ट भएपछि यस्तो हल्ला चलेको एनडी टीभीले जनाएको छ । तर, अनवारको उक्त ट्विटर अकाउन्ट नै फर्जी भएको उक्त खबर पनि झुटो भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया