आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – विश्वभर सामाजिक सञ्जाल ट्वीटरका रूपमा परिचित एक्स डाउन भएको रिपोर्ट प्राप्त भएको छ । बिहीवार बिहान करिब साढे ११ बजेपछि एक्स डाउन भएको हो ।

एक्सका प्रयोगकर्ताले यतिबेला आफ्ना पोस्ट र टाइमलाइनमा केही पनि हेर्न पाएका छैनन् । अहिले फोनमा एक्स खोल्ने हो भने केही पुराना पोस्ट मात्र देखिन्छन् । नयाँ पोस्ट भने देखिंदैनन । यदि रिफ्रेस गर्ने हो भने ‘वेलकम टु योर टाइमलाइन’लेखेको अप्सन मात्र देखिन्छ । वेब भर्सनमा पनि यही समस्या भोगेको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् ।

डाउन डिटेक्टर डटकमले अहिले विश्वभर एक्स डाउन भएको उल्लेख गरेको छ । यसको स्पष्ट कारण भने बाहिर आइसकेको छैन ।

 

तपाईको प्रतिक्रिया