Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने अभिव्यक्ति दिएका थिए। साेही अभिव्यक्तिलाई लिएर उनलाई बर्खास्त गर्नुपर्दछ भनी थापाले माग गरेका हुन्।

बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित यस्तो माग गरेका हुन् । मन्त्री किरातीले ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको थापाको भनाइ छ । पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाएको भन्दै उनलाई कानुनबमोजिम कारबाही गर्न पनि थापाले माग गरेका छन् ।

“‘क्रिस्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्नुपर्दछ,” उनले लेखेका छन्, “प्रमको ध्यान जाओस् । पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुनबमोजिम कारबाही गरियोस् ।”

तपाईको प्रतिक्रिया