Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले पर्यटनमन्त्री सुदन किराँती विवादमा मुछिएका छन् । किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताए ।

हिजो बुधवार काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै किराँतीले भने, ‘नेपाल बहु धार्मिक राज्य हो । यो संविधानले स्वीकारेको कुरा हो । मैले भनेको कुरा होइन । राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’

उनले आफू कुनै धार्मिक मान्छे नभएको पनि बताए । ‘म त राज्य हो नि । म राज्यमा बसेर धर्म माने भने मैले नमान्नेमाथि दमन गर्छु । राज्यमा बस्नेको धर्म हुँदैन । त्यसकारण धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ ।’ धर्म मान्ने स्वतन्त्रतामाथि आफूले सम्मान गर्ने पनि उनको भनाइ थियो । विश्वमा धार्मिक जनसङ्ख्या ८५ प्रतिशत रहेको उल्लेख गर्दै किराँतीले त्यसमा पनि ३० प्रतिशत क्रिश्चियन रहेको बताए । ‘संसारले मान्ने अनि हामीले चाहिँ नमान्ने ?’, उनले भाषणका क्रममा भने ।

उनले जिसस क्राइस्ट महान् नेता भएको पनि बताए । उनी विद्रोही नेता भएको दाबी गर्दै तत्कालीन अवस्थामा त्यो देशको शासन नमान्दा मृत्युदण्ड दिएको उनको भनाइ थियो । ‘म पनि विद्रोहबाट आएको हुनाले धेरै सम्मान गर्छु’, उनले भने, ‘मैले मात्रै होइन, यो चाहिँ अहिलेको प्रधानमन्त्रीले पनि गर्नुहुन्छ ।’ जिससको व्यक्तित्व प्रधानमन्त्री प्रचण्डलाई पनि मन पर्ने उनको जिकिर थियो ।

तपाईको प्रतिक्रिया