Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रीलंकाका विदेशमन्त्री अली साब्री तीनदिने भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन् । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आएका हुन् । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज र भोलि (२१ र २२ डिसेम्बर) बस्दैछ । संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउदले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसमेत हुने छ ।

काठमाडौं आएलगत्तै बुधबार साब्रीले महाराजगन्जस्थित श्रीलंकाली दूतावासको भ्रमण गरेका थिए । बैठक तयारीकै विषयमा नेपालका लागि श्रीलंकाली राजदूत जनरल सुदर्शना पाथीरानाले सोमबार परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरेका थिए ।

‘प्रतिनिधिमण्डलमा विभिन्न एजेन्डासँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि सहभागी हुनुहुन्छ,’ सहायक प्रवक्ता ऋषिराज आचार्यले भने । संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ ।

 

तपाईको प्रतिक्रिया