Deneme Bonusu Veren Siteler
आइतबार, आषाढ ३०, २०८१
Sunday, July 14, 2024

टोकियो – जापानको फुकोओका निधन भएकी सलिना तामाङको परिवारलाई चितवन समाज जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । अध्ययनको सिलसिलामा डेढ वर्षदेखि जापानमा रहेकी सलिनाको फुकोओका निधन भएको हो ।उनको शवलाई नेपाल पुर्‍याएर दाहसंस्कार गरिएको थियो । चितवन समाज जापानद्वारा संकलित सहयोग रकम ३ लाख ६३ हजार ५३१ रुपैयाँ चेकमार्फत मृतक सलिनाको बुवा मिनाराम तामाङलाई हस्तान्तरण गरिएको छ । चितवनको गुञ्जानगरस्थित निवासमै पुगेर समवेदना पत्रसहित चेक हस्तान्तरण गरिएको हो ।कार्यक्रममा चितवन समाज जापानका महासचिव कविकिरण न्यौपाने, वरिष्ठ उपाध्यक्ष टंक गैरे, चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष समीर खत्री, अध्यक्ष दीपक गौतमले शोक मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन भने चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव हरिप्रसाद न्यौपानेले गरेका हुन् ।

तपाईको प्रतिक्रिया