Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं उपत्यकामा तीन हजारभन्दा बढी सीसी क्यामेरा जडान भएका छन् । प्रहरीले सरकारी निकायहरु र सामाजिक तथा सामुदायिक संघ–संस्थाहरुसँगको सहकार्यमा सीसी टिभी क्यामेरा जडान गरेर २४ सै घण्टा सहरको निगरानी गरिरहेको छ । बढ्दो विकृति, विसंगति र अपराध अन्त्य गर्न तथा त्यस्ता आपराधिक घटनाको छानविन र अनुसन्धानमा मद्धत पुर्याउने उद्देश्यले समुदायसँग मिलेर काम गरिरहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापाले बताए ।

काठमाडौं र ललितपुर महानगरपालिका तथा बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सीसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौं, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ,’ बुधबार टोखामा आयोजित कार्यक्रममा उनले भने– ‘प्रहरीले अहिले नै तीन हजारभन्दा धेरै सीसी क्यामेरा जडान गरिसकेको छ ।’ उनका अनुसार अब लगत्तै काठमाडौं र बूढानीलकण्ठमा थप पाँच सय सीसी क्यामेरा जडान गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया