Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन रुससाग पुनःअनुरोध पनि गरेको छ ।

विज्ञप्तिमार्फत सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन पनिरुसी सरकारलाई आग्रह गरेको छ ।

युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाइ गर्न मन्त्रालयले आग्रह गरेको छ । बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनमा बन्धक रहेका छन् ।

तपाईको प्रतिक्रिया