Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले रुख काटेर लाभ लिन नपाइए वनजंगल बढाउनुको औचित्य नरहेको बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बुधबार काठमाडौँमा सुरु भएको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको ११ औ महाधिवेशन तथा २४ औँ साधारणसभा मन्त्री महतोले भने, ‘रुख लगाउने,  रुख काट्न नपाउने ? रुख काट्न नपाउने भनेपछि रुख लगाउने किन ? रुख काटेर व्यवस्थित गरेर त्यसबाट फाइदा लिन सकेनौँ भने जंगल बढाउनुपर्ने कारण के छ ?  वनबाट देशलाई समृद्धितिर लैजाने सकेनौँ भने जंगल ४५ प्रतिशतबाट ५० प्रतिशतमा लग्नुपर्ने कारण के छ ?’

जंगलको काठ कुहिएर गइरहेको र उपभोग गर्न नसकिएको भन्दै उनले कारण खोज्नुपर्ने बताए । वन समृद्धिसँग जोडन नसकिए वन र वन मन्त्रालयको अर्थ नरहने उनको भनाइ छ ।  मन्त्री महतोले वन नियमावली संशोधनको तयारी रहेको र रायका लागि अर्थ मन्त्रालयमा पुगेको बताए ।

महासंघका अध्यक्ष मञ्जिलबाबु मास्के सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्दा काष्ठ उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । ‘वनमा काठ कुहिरहेको छ, सरकारले राजस्व गुमाएको छ,’ उनले भने । वनमा आधारित उद्योग, उद्यम र कार्यक्रममार्फत वार्षिक तीन लाखलाई रोजगारी दिन सकिने भए पनि वन उद्यम विकासमा बाधा भइरहेको उनको भनाइ छ ।

महासंघका महासचिव महासचिवका माधवमणि होमागाईका अनुसार महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया