Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – विराटनगर विमानस्थलको धावनमार्गमा बुधबार दिउँसो कुकुर देखापरेपछि केहीबेर विमानस्थल प्रभावित भएको छ ।

धावनमार्गमा कुकुर प्रवेश गरेको थाहा भएपछि विमानस्थलका कर्मचारीले कुकुरलाई बाहिर निकाल्न प्रयास गरेका थिए । साइरनसहितको गाडी प्रयोग गरेर कुकुर लखेट्न खोज्दा कुकुर भने विमानस्थलभित्रै दौडिरह्यो । ‘रन–वेमा एक्कासि कुकुर देखिएपछि हामीले निकाल्ने प्रयास गर्यौं,’ विमानस्थलका कर्मचारीले भने, ‘तर, १५ मिनेट जति कुकुरभित्रै कुदेको कुद्दै गर्यो । बल्लतल्ल बाहिर निकाल्यौं ।’

धावनमार्गमा रहेको कुकुर बाहिर निकाल्न समय लागेपछि बुद्ध एयरको जहाज केहीबेर आकाशमै होल्ड गरिएको ती कर्मचारीले बताए । टर्मिनल भवनको पश्चिमतर्फ देखिएको कुकुर कताबाट भित्र छिर्‍यो भन्ने थाहा नभएको विराटनगर विमानस्थलका प्रवक्ता युवराज भण्डारीले बताए । ‘कुकुर देखिएपछि हामीले तत्कालै निकाल्यौं,’ उनले दाबी गरे, ‘उडान र अवतरणमा केही समस्या भएन ।’

विराटनगर विमानस्थलको वरिपरि गरिएको तारबार भत्किएका कारण यस्तो समस्या आएको कर्मचारीहरू बताउँछन् । दुई वर्षअघि विमानस्थलको रनवेमा निल गाईको हुल देखिएको थियो भने कुकुर र स्यालले बारम्बार दुःख दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया