Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भारतको केरलमा कोरोना भाइरसको जेएन–१ भेरियन्ट पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त भेरियन्टबाट सक्रिय संक्रमितको संख्या २३ सय ११ पुगेको जनाइएको छ ।

केरला राज्यमा पहिलोपटक देखिएको उक्त नयाँ भेरियन्टले पछिल्लो २४ घन्टामै तीन जनाको ज्यान लिइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त अवधिमा भारतभरि कुल तीन सय ४१ नयाँ संक्रमित पुष्टि भएकोमा केरलामा मात्र दुई सय ९२ नयाँ संक्रमित फेला परेको जनाइएको छ । त्यहाँका स्वास्थ्यमन्त्री मनसुख मान्डभियाले आत्तिनुपर्ने अवस्था नरहेको र कुनै किसिमको प्रतिबन्ध नलगाइएको जनाएका छन् । उनले परीक्षण र निगरानी तीव्र पारिएको पनि बताए ।

भाइरस फैलिन थालेपछि उत्तराखण्ड सरकारले अस्पतालहरुलाई कोभिड गाइडलाइन्स पालना गर्न तथा बिरामीको सबै रेकर्ड राख्न पनि निर्देशन दिएको छ । श्वासप्रश्वास सम्बन्धि कोभिड-१९ लगायत रोग फैलिएपछि दिल्लीमा पनि उच्चस्तरीय बैठक बसेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया