Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई कोलराडो राज्यबाट आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न त्यहाँको सर्वोच्च अदालतले रोक लगाएको छ । उनका समर्थकहरूले क्यापिटलमा २०२१ मा गरेको आक्रमणमा उनको भूमिकाको कारणले व्हाइट हाउसको लागि उम्मेदवार हुन अयोग्य ठहर गरेको हो । जबकि यो निर्णय कोलोराडोमा मात्र लागू हुन्छ। अन्य राज्यमा ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बन्न भने यो निर्णयले रोक्दैन । यो अमेरिकी इतिहासमा पहिलो पटक हो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको अनुसार १४ औं संशोधनको धारा ३ अनुसार विद्रोहमा संलग्न जो कोहीलाई सार्वजनिक कार्यालयबाट प्रतिबन्धित गर्न सक्ने अधिकार रहेको छ । जुन धाराले राष्ट्रपतिको उम्मेद्वारलाई अयोग्य ठहराउन प्रयोग गरिएको छ । कोलोराडो अदालतका अनुसार अन्य राज्यहरूले समान कानूनी कार्यहरू विचार गर्न सक्छन् । कोलोराडो उच्च अदालतले आफ्नो चार–तीन बहुमतको निर्णयमा लेखेको छ, ‘अदालतको बहुमतले राष्ट्रपति ट्रम्पलाई संयुक्त राज्य अमेरिकाको संविधानको चौधौं संशोधनको धारा तीन अन्तर्गत राष्ट्रपतिको पद धारण गर्न अयोग्य ठहराएको छ।’

 

तपाईको प्रतिक्रिया