Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गएको महिना २४ लाखभन्दा बढी विदेशी जापान प्रवेश गरेका छन् । नोभेम्बरमा अनुमानित २४ लाख ४० हजार ८ सय विदेशीहरू जापान प्रवेश गरेको सरकारी रेकर्डले देखाएको हो । योसँगै लगातार छैटौँ महिनामा २० लाखभन्दा बढी विदेशी जापान सरकारी तथ्याङ्कले देखाएको छ ।

जनवरीदेखि ११ महिनामा देशमा विदेशी प्रवेशको सङ्ख्या २ करोड २३ लाख ३२ हजार पुगेको छ । जुन २०१९ पछि पहिलो पटक हो । सन् २०२०, २१ र २२ मा २ करोडमाथिको सङ्ख्यामा विदेशी आएका थिएनन् । उसो त यो अवधिमा विश्वभर कोरोना महामारी फैलिएको थियो । सन् २०२०र २१ मा सीमाका कडाइसमेत गरिएको थियो ।

कमजोर येन र एयरलाइन्स सेवाहरूको पुनः सुचारुबीच एसिया र उत्तरी अमेरिकाका यात्रुहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो । रेकर्डअनुसार सबैभन्दा धेरै आगमन दक्षिण कोरियाबाट ६ लाख ४९ हजार ९ सय नागरिक आएका छन्, जुन सुन् २०१९को भन्दा तीन गुणा बढी हो । त्यसपछि ताइवानका ४ लाख ३ हजार ५ सय नागरिक जापान आएको छन् । यो अवधिमा चिनियाँ नागरिकको जापान प्रवेश भने घटेको हो ।

तपाईको प्रतिक्रिया