Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दक्षिण पश्चिमी आइसल्याण्डमा एउटा भयान ज्वालामुखी विष्फोट भएपछि आपतकाल घोषणा गरिएको छ । सो ज्वालामुखी विष्फोटपछि लाभा रेक्जेनेस प्रायद्वीपमा फैलियो । जसका कारण उक्त क्षेत्रमा त्रासको वातावरण छ । सुरक्षा चिन्ताका कारण ग्रिन्डाविक सहरबाट हजारौं मानिसलाई विस्थापित गरिएको छ । ज्वालामुखी विष्फोटका कारण देशमा संकटकाल घोषणा गरिएको छ ।

यस सम्बन्धमा आइसल्याण्डका राष्ट्रपति गुड्नी जोहान्सनले खाली गरिएको सहर ग्रिन्डाभिक नजिकै विष्फोट सुरु भएको बताएका छन् । ‘हाम्रो प्राथमिकता जनताको जीवन र पूर्वाधारको रक्षा गर्नु हो । सिभिल डिफेन्सले प्रभावित क्षेत्र बन्द गरेको छ’ उनले भने, ‘अहिलेको लागि, हामी प्रकृतिको शक्ति हेर्न पर्खिरहेका छौं । हामी तयार र सतर्क छौं ।’

आइसल्याण्डको नेशनल पुलिस कमिस्नरले ज्वालामुखी विष्फोटपछि आपतकाल घोषणा गरिएको बताएका छन् । साथै नागरिकलाई सचेत गराइएको छ । उही समयमा आइसल्याण्डको नागरिक रक्षा विभागका प्रमुख विडिर रेनिसनले स्थानीय समाचार च्यानललाई भने कि मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ ।

वासिङ्टन पोस्टका अनुसार देशको मौसम विभागका अनुसार राति करिब ९ बजे भूकम्प गएपछि सो ज्वालामुखी विष्फोट सुरु भएको हो । भूकम्पका कारण ज्वालामुखीमा दरार आएको विभागले जनाएको छ । यसको लम्बाइ करिब ३.५ किलोमिटर छ र ज्वालामुखी विष्फोटपछि लाभा प्रति सेकेण्ड १०० देखि २०० घनमिटरको दरले बगिरहेको थियो । विष्फोटको सही स्थान र आकारको पुष्टि गर्न अहिले उक्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ । रिपोर्टका अनुसार ज्वालामुखी विष्फोट हुनु अघि आइसल्याण्डमा करिब ८ सय वटा भूकम्पको धक्का महसुस गरिएको थियो ।

तपाईको प्रतिक्रिया