Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका ६ जनाकै नाम अनुमोदन गरेको हो ।

न्यायपरिषद्ले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो । त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो ।

सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम नियुक्तका लागि सिफारिस भएको थियो ।

अब उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।

तपाईको प्रतिक्रिया