Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको भाउ १ हजार रुपैयाँले बढेको छ। मंगलबार २०० रुपैयाँले बढेको सुनको भाउ बुधबार १ हजार रुपैयाँले बढेको हो । बुधबार बढेसँगै प्रतितोला छापावाला सुन १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख १८ हजार रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ४५० रुपैयाँ कायम गरिएको छ । मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार ४६५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी १ हजार ४५० रुपैयाँ तोकिएको थियो ।

 

तपाईको प्रतिक्रिया