Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेलम्ची खानेपानी विकास समितिले २८ दिन भित्रमा काठमाण्डौमा पानी ल्याउने दाबी गरेको छ । समितिले हिजाे विज्ञप्ति निकालेर आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले अबको २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने बताएको हो ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले निकाल्नुभएको विज्ञप्तिमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख छ ।

सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र दुई सिफ्टमा काम गरी बढीमा २८ दिनभित्र पानी सुरुङमा पठाउने प्रवक्ता पन्तले जानकारी दिनुभयो । गएको असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्ची नदीको पानी सञ्चालन गर्ने कार्य बन्द गरिएकोमा साउन २८ र २९ गते मेलम्ची नदीमा बाढी आएको कारण पुनः हेडवर्क्स पुरिएको पनि विकास समितिले बताएको छ ।

 

तपाईको प्रतिक्रिया