Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबारदेखि सुरू पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पुस र माघमा देशभर सभा र तयारीका कामहरू गर्ने पनि निर्णय गरेको छ ।

पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। फागुन महिनामा मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ ।

त्यस्तै आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ । डा. धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया