Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा परी अन्य २७ जना घाइते भएका हुन् ।

काकडभिट्टाबाट काठमाडौँका लागि छुटेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्जमा एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरिशमशेर सुयाल थापाको मृत्यु भएको हो ।

अर्का एक मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनकाअनुसार घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई हेटौँडा तथा चितवन मेडिकल कलेज पठाइएको र सामान्य घाइते भएका २० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया