Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री तीन दिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन आज काठमाडौँ आउन लागेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेको श्रीलङ्काको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । साथै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ ।

२१ र २२ डिसेम्बर (आगामी बिहीबार र शुक्रबार) हुने बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् भने श्रीलंकाको प्रतिनिधि मण्डलको नेतृत्व साब्रीले गर्नेछन् । मन्त्री उवैस शुक्रबार स्वदेश फर्किनेछन्।

 

तपाईको प्रतिक्रिया