Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भक्तपुरमा एक महिलालाई बलात्कार गरेर फरार भएका व्यक्तिलाई कुवेतमा पक्राउ गरेर काठमाडौं ल्याइएको छ । काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-८ का ३१ वर्षीय उमेश लामालाई कुवेतबाट काठमाडौं ल्याइएको हो ।

बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भइसकेको थियो । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) कुवेतको समन्वयमा पक्राउ गरेर लामालाई मंगलबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए । लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ ।

अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो । खोजतलास गरी पक्राउ गर्न इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।

तपाईको प्रतिक्रिया