Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

काठमाडौं – मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । मंसिर महिनामा संसारका १०८ देशमा वैदेशिक रोजगारीका लागि जान भन्दै नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।

त्यसरी बाहिरिनेमा ६४ हजार ३४२ जना पुरुष र ६ हजार ९३४ जना महिला रहेका छन् । श्रम स्वीकृति लिनेमा पनि ३१ हजार ४९६ जना पुरुष र ४ हजार ५८४ जना महिला रहेका छन् ।

मंसिर महिनामा व्यक्तिगत श्रम स्वीकृतिमार्फत ७ हजार ९९७ जना बिदेसिएका छन् । मेनपावर तथा एजेन्सीमार्फत २६ हजार ३७५ जना बाहिरिएका छन् । ७३५ मेनपावर कम्पनीमार्फत उनीहरू बाहिरिएका हुन् । त्यस्तै मंसिर महिनामा सरकारले   नै १ हजार ७०८ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । जसमा सबै जना दक्षिण कोरिया गएका छन् । व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेहरूको संख्या ३५ हजार १९६ रहेको छ ।

वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । जहाँबाट मंसिर महिना मात्रै पुनः श्रम स्वीकृतिसहित ३ हजार ६२१ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै दोस्रोमा झापा रहेको छ । झापाबाट ३ हजार ३९७ जनाले पुनः श्रम स्वीकृतिसहित श्रम स्वीकृति लिएका छन् । त्यस्तै मोरङ, सिराह, रूपन्देही, महोत्तरी लगायतका जिल्लाबाट बढी गएको विभागको तथ्यांकले देखाएको छ ।

तपाईको प्रतिक्रिया