Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलसँग सेयर खरिदबिक्रीबारे लिखित जवाफ माग गरेको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च्ले कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले एनसेलको सेयर खरिदबिक्री रोक्ने विषयमा अन्तरिम आदेश दिने/नदिने निर्णयका लागि छलफल गर्न यही पुस १६ गतेको पेसी तोकेको छ ।

सांसद सिंहले एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको दाबी गर्दै त्यसलाई रोकेर राज्यलाई आउने राजस्व असुल गर्नुपर्ने र कारोबारीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका उनले । उनले अहिले भएको कारोबारमा रोक लगाउन पनि माग गरेका छन् ।

तपाईको प्रतिक्रिया