Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमले कम्पनीको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलले महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ थियो ।

त्यसयता निगमको वार्षिक आम्दानी निरन्तर बढ्दै गएको पौडेलले बताएका छन् । उनका अनुसार आ.व. २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ आम्दानी भएकोमा आ.व २०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको छ ।

निगमले विगत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशले वृद्धि गर्न सफल भएको पौडेलले बताएका छन् । आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिक तर्फ २ वटा जहाज उडानमा छन् । पौडेलले निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि यो उपलब्धि हासिल भएको जिकिर गरे ।

बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक रुपमा अघि बढेर आम्दानी गर्न निगमलाई पर्याप्त मात्रामा जहाजको कमी पौडेलले बताए । त्यसका लागि आवश्यक कार्ययोजना बनाई अगाडि बढेको पनि निगमको दाबी छ ।

तपाईको प्रतिक्रिया