Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अस्ट्रेलियाका विश्वकप विजेता बलर मिचेल स्टार्कले इण्डियन प्रिमियर लिग (आइपिएल) खेलाडी अक्सनमा नयाँ कीर्तिमान बनाएका छन् । दुबईमा जारी आइपिएलको खेलाडी अक्सनमा स्टार्कलाई कोकोलता नाइटराइडर्सले २४ करोड ७५ लाख भारु अर्थात् ३९ करोड ६० लाख नेपाली रुपैयाँमा किनेको हो ।

यो आइपिएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठुलो रकम हो । यसअघि आजकै अक्सनमा अस्ट्रेलियाका कप्तान पाट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा अर्थात् ३२ करोड ८० लाख नेपाली रुपैयाँमा किनेको थियो ।

आइपिएल अक्सनको इतिहासमा सबैभन्दा धेरै रकम खर्च गरेर किनिएका दुई खेलाडी यसै अक्सनका रहेका छन् भने दुवै अस्ट्रेलियाका तीव्र गतिका बलर रहेका छन् ।

यसअघि २०२३ को अक्सनमा इङल्याण्डका साम कुरानलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो भने २०२३ मै अस्ट्रेलियाका क्यामरुन ग्रीनलाई मुम्बई इण्डियन्सले १७ करोड ५० लाखमा र चेन्नई सुपर किंग्सले २०२३ मै इङल्याण्डका अलराउण्डर बेन स्टोकलाई १६.२५ करोडमा किनेको थियो ।

तपाईको प्रतिक्रिया