Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। मंगलबार बुटवलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभई नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए । उनले संघीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्रीहरू पाल्नुपरेको बताए ।

उनले सरकारले सेना, प्रहरीको तलब र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेलामा यति धेरै सांसद र मन्त्रीहरूलाई कसरी पाल्न सक्छ भन्दै प्रश्न गरे । उनले संघीयता काम नलाग्ने रहेछ भन्नेकुरा सबैले अहिले महसुस गर्न थालेको स्पष्ट पारे । उनले प्रदेश खारेज गरी प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्ने बताए ।

‘लामो समयदेखि नेपाल एकात्मक शासन प्रणालीमा रहेकाले यहाँका नेताहरू, जनभावनाहरू, शासक, प्रशासकहरू संघीयताको पक्षमा मनोवृत्ति नै छैन ।’ उनले भने, ‘अर्थतन्त्र कमजोर छ, संघीय प्रणाली असाध्यै खर्चिलो छ । त्यसकारण भूगोल, शासक, प्रशासक, अर्थतन्त्रको कारणले संघीयता प्रणाली यो मुलुकमा काम नै छैन ।’ संघीयतामा जानका लागि राजनीतिक पार्टीहरुमात्रै दोषी नभएको भन्दै उनले अन्तर्राष्ट्रिय शक्तिले दबाब दिएको बताए ।

‘प्रदेश खारेज गर्नुपर्छ , प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्छ,’ उनले भने,‘संघीय प्रणालीको औचित्य नभएको कुरा व्यवहारले स्पष्ट पारेको छ ।’ अध्यक्ष केसीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताए ।

तपाईको प्रतिक्रिया