Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – पश्चिमोत्तर चीनमा सोमवार राति गएको भूकम्पमा परेर कम्तीमा ११८ जनाको मृत्यु भएको छ । भूकम्पमा परी २०० जनाभन्दा बढी मानिस घाइते भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निट्यूडको भूकम्प गएको थियो । त्यहाँ र छिमेकी चिन्खाई प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ । उद्धारकर्ताहरूले क्षतिग्रस्त भवनका भग्नावशेषमा खोजी गरिरहेका छन् । मृतकको सङ्ख्या बढ्ने ठानिएको छ ।

कठ्याङ्ग्रिदो जाडोका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको छ । गान्सुमा ठूलो भूकम्प गएको केही घण्टापछि शिन्जियाङ प्रान्तमा पनि दोस्रो झट्का महसुस गरिएको थियो । तर ५.५ म्याग्निट्यूडको उक्त भूकम्पले पुर्‍याएको क्षतिबारे स्पष्ट जानकारी प्राप्त भएको छैन । चिनियाँ राष्ट्रपति सी जिन्पिङले उद्धारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन् ।

राष्ट्रपति सीले वक्तव्यमा उद्धार र खोजी, समयमै घाइतेको उपचार र हताहत हुनेको सङ्ख्या न्यून गर्न आवश्यक सबै प्रयास गर्न निर्देशन दिएका छन् । अधिकारीहरूका अनुसार गान्सुमा १०५ जना र चिन्खाई प्रान्तमा १३ जनाको मृत्यु हुनुका साथै दुवै प्रान्तमा २६६ जना घाइते भएका छन् । कम्तीमा २० जना सम्पर्कविहीन भएका छन् ।

ती क्षेत्रमा पानी र बिजुली आपूर्ति अवरुद्ध भएको विवरणहरू जनाइएको छ । गान्सुमा मात्र झन्डै ५,००० वटा भवन भत्किएको अधिकारीहरूले बताएका छन् । भूकम्पपीडितहरूलाई आश्रय दिन विभिन्न स्थानमा अस्थायी शिविर बनाइएको छ । बीबीसीको सहयोगमा

तपाईको प्रतिक्रिया