Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा अपराह्न ३ बजे बोलाइएको छ ।

बैठकमा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा बनाएको पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । पार्टीले भदौदेखि सञ्चालन गरिरहेको पार्टी रूपान्तरण अभियानको प्रभावबारे पनि बैठकमा छलफल हुनेछ । अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठकको मितिबारे पनि कुराकानी हुने ढकालले बताए ।

माओवादीले मंसिरमा अभियान समापन र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो । तर, अभियान पुस १६ गतेसम्म लम्ब्याइएपछि सम्मेलनको मिति अनिश्चित भएको छ ।

तपाईको प्रतिक्रिया