Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

ब्रसेल्स – खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राई र बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग) तथा युरोपियन युनियन (ईयू)का लागि राजदूत महामहिम गेहेन्द्र राजभण्डारीसँग महत्त्वपूर्ण भेटघाट सम्पन्न भएको छ । यसैहप्ता नेपाली दुतावासको कार्यालय ब्रसेल्समा राजदूतको कार्यकक्षमा सो भेटवार्ता सम्पन्न भएको हो ।

मेयर विमला राईले ब्रसेल्स र बेनेलक्स तथा सिंगो युरोपमा नेपालीहरूको बसोबासको अवस्था उनीहरूका समस्या र समाधानका उपाय साथै विविध पक्षका बारेमा राजदूत राजभण्डारीसँग जिज्ञासा राखेकी थिइन् । हलेसी तुवाचुङ नगरपालिका र ब्रसेल्स वरपरका नगरपालिकासँग भगिनी सम्बन्धका बारेमासमेत कुरा राखेकी हुन् ।डेनिस सोसियल डेमोक्रेटिक पार्टी- Danish Social Democratic Party को औपचारिक निमन्त्रणामा डेनमार्क आउनु भएको मेयर राई डेनमार्क ज्ञान निर्माण तथा प्रविधि नवप्रवर्तनमा धेरै अगाडी रहेको त्यहाँको काउन्सिल सदस्य इभासँग पनि यसअघि वार्ता गर्नु भएको थियो । यही सन्दर्भमा डेनमार्कको Technological ecosystem बुझ्न र नेपालमा सम्भावित टेक्नोलोजी आदान प्रदानको सम्भाव्यता बुझ्न डेनमार्क प्रविधि Danish Technological Institute (DTI) Innovation Director, Anne Maria Hansen सँग समेत छलफल र अन्तरक्रिया पश्चात् गर्नु भएको थियो ।

सप्ताहव्यापी भ्रमणको क्रममा Danish Social Democratic Party को निमन्त्रणामा Denmark आएका मेयर राईले उक्त पार्टीका महामन्त्री (Secretary General) लासे रिबर्गा Lasse Ryberg सँग उक्त पार्टीकै संसदीय दलको कार्यालय, संसद हाउस कोपेनहेगनमा महत्त्वपूर्ण भेटघाट गरिन् । उनलाई पार्टीको सिद्धान्त, विचार, व्यवस्था तथा नीति निर्माण प्रक्रियाका बारेमा जानकारीसमेत गराएका थिए ।युरोप भ्रमणको क्रममा मेयर विमला राई, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य विकल राई, आदिवासी जनजाति प्रजातान्त्रिक संघ अध्यक्ष ओम घर्ती मगरलगायत नेपालको प्रतिनिधि मण्डलले डेनमार्क, नेदरल्याण्ड, युरोपको राजधानीको रुपमा परिचित ब्रसेल्स बेल्जियम, जर्मनी र फ्रान्सको विभिन्न शहरहरूको भ्रमण र अवलोकन गरेकी हुन् ।

कोपेनहेगनमा भएको अन्तरक्रियाका क्रममा नेपालको पृष्ठभूमि र सन्दर्भसँगै जोडेर नयाँ युगका बल्दो समस्याहरू, climate change तथा populism सँग कसरी तपाईँको पार्टीले tackle गर्दैछ भन्ने बारे नेविसंघ केन्द्रीय सदस्य विकल राईले छलफल समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया