टोकियो – उत्तरपश्चिम चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम चीनको गान्सु र छिकेकी छिङहाइ प्रान्तमा गएको ६.२ म्याग्निच्युडको भूमकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको हो ।
२०० भन्दा बढी इते भएका छन् । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।
युएसजीएसका अनुसार यो भूकम्प लिनक्सिया चेङगुआन्जेनबाट करिब २३ माईल पश्चिम उत्तरपश्चिममा ६ माइलभन्दा कम गहिराइमा गएको थियो । प्रान्तीय राजधानी लान्झाउ भूकम्पको केन्द्रबिन्दुबाट करिब ६० माइल टाढा छ ।