Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण २४, २०८१
Saturday, March 8, 2025

काठमाडौं – धनगढीको लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका डा. गोविन्द केसीले तीन दिनमै अनशन तोडेका छन् । विभिन्‍न मागसहित सुदूरपश्चिमको राजधानी धनगढी पुगेका डा. गोविन्द केसीलाई गेटा मेडिकल कलेजमा अनशन बस्‍न नदिइएपछि मन्दिरमा गएर अनशन बसेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गेटा मेडिकल कलेजमा अनशन बस्न काठमाडौँबाट पुगेका उनलाई त्यहाँ स्थानीय संघर्ष समितिले प्रवेश गर्न दिएको थिएन । संघर्ष समितिले रोकेपछि विवादमा उत्रिएका उनी लक्ष्मीनारायण मन्दिरमा पुगेर अनशनमा बसेका थिए । डा. केसीलाई सोमबार स्थानीय रेनुका चौधरी र अन्जली नेपालीले पानी पिलाएर अनशन तोडाएका हुन् । केसी पहिलो पटक आफ्नो आन्दोलनबाट पछि हटेका हुन् ।

उनले दर्जनौँ पटक अनशन बसिसकेका छन् । तर, यस पटक उनी तीन दिनमै आन्दोलन रोक्ने निर्णयमा पुगेका हुन् । गेटामा अवरोधपछि उनी लक्ष्मीनारायण मन्दिर पुगेर तीन दिन मात्रै अनशन बस्ने बताएका थिए । यस पटक केसीले समर्थनभन्दा धेरै विरोध सहनु परेको थियो ।

यसअघि गत शुक्रबार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यले प्रतिष्ठानको विषय केसीलाई आफ्नो मुद्दा नबनाउन आग्रह गरेका थिए । सरकारले पटक-पटकका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार साँझ ५ बजेदेखि तीन दिन अनसन बस्ने घोषणा गरेका थिए ।

केसीले गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न माग गरेका थिए । तर आफूहरुले विश्वविद्यालय चाहिने माग गरेकाले केसीलाई साथ नदिने अडान संघर्ष समितिका सदस्यहरूले राखेका थिए ।

तपाईको प्रतिक्रिया