Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – वैदेशिक रोजगारीमा लगाइ दिने भन्दै दुई करोड ६३ लाख रुपैयाँ ठगी आरोपमा कन्सल्टेन्सी सञ्चालक कोमलराज उपाध्याय दुबई (यूएई) बाट पक्राउ परेका छन् ।

श्रीराम रानाभाटसहित ८३ जनालाई दुबईमा विभिन्न पदमा आकर्षक तलब हुने गरी जागिर दिने भनेर दुई करोड ६३ लाख ५४ हजार रुपैयाँ ठग्ने उपाध्यायलाई इन्टरपोलको सहायतामा पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । दुबईमा त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी खोलेर बसेका सर्लाही जानकीनगर स्थायी ठेगाना भएका ४१ वर्षीय उपाध्यायले आकर्षक जागिर लगाइदिने भनेर ८३ जनालाई भिजिट भिसामा यूएई बोलाएका थिए । तर जागिर दिन नसकेपछि उनी फरार भएका थिए ।

उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजी गरेर पक्राउ गर्नका लागि नेपाल प्रहरीले गएको वर्षको वैशाखमा इन्टरपोल महासचिवालयलाई अनुरोध गरे पछि रेड नोटिस जारी भएको थियो । इन्टरपोलको सहयोगमा यूएईबाट पक्राउ गरी काठमाण्डौ ल्याइएका उपाध्यायलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ ।

उनलाई नेपाल प्रहरी र इन्टरपोलको समन्वयमा मंसीर २९ गते नेपाल झिकाइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया